Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

नरभक्षी बाघलाई नियन्त्रणमा

नरभक्षी बाघलाई नियन्त्रणमा

  • 98
    SHARES
  • नरभक्षी बाघलाई नियन्त्रणमा

    धनगढी । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोलीले नरभक्षी बाघलाई नियन्त्रणमा लिएको छ । बुधबारदेखि कञ्चनपुरको दोधारा चाँदनीमा देखिएको बाघलाई शुक्रबार (आज) बिहान बेहोस बनाएर नियन्त्रणमा लिइएको हो ।

    उक्त बाघलाई अहिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा लगिएको छ । बिहीबार उक्त बाघको आक्रमणमा परी दोधारा चाँदनी नगरपालिका–२ की २३ वर्षीय हिरा शाहको मृत्यु भएको थियो । धान खेतमा काम गरिरहेकी उनको शव नजिकैको उखुबारीमा फेला परेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij