Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

पोखराका लागि उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या

पोखराका लागि उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या

  • 163
    SHARES
  • पोखराका लागि उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या

    प्रतिकात्मक तस्बिर

    काठमाडौं । काठमाडौंबाट पोखरा उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको उक्त विमानको इन्डिकेटरमा समस्याको संकेत देखिएपछि विमानचालकले काठमाडौं फर्काएर सुरक्षित अवतरण गराएका छन् ।

    बुद्ध एयरका अनुसार उडान नम्बर ६५५ विमानमा प्राविधिक समस्या आउनासाथ काठमाडौं फर्काउने निर्णय भएको हो । 

    फ्लाइट राडरका अनुसार उक्त विमानले धावनमार्गबाट उड्नासाथ काठमाडौं माथिको आकाशमा करिब तीन राउण्ड लगाएको थियो ।

    पोखरा उडेको उक्त विमान प्राविधिक समस्याले पुनःकाठमाडौं अवतरण गरेको विमानस्थलका एक उच्च अधिकारीले बताए ।

    म्पनीले अर्को विमानमार्फत यात्रुलाई गन्तव्यमा पुर्‍याएको छ । तीव्र वायु चलेका कारण जनकपुर गन्तव्यको उडानसमेत रद्द गर्नुपरेको कम्पनीले उल्लेख गरेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij