Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

चीनमा पुल भत्किदा पाँचजना बेपत्ता

चीनमा पुल भत्किदा पाँचजना बेपत्ता

  • 149
    SHARES
  • चीनमा पुल भत्किदा पाँचजना बेपत्ता

    एजेन्सी । दक्षिणपश्चिम चीनमा गएको पहिरोका कारण राजमार्गको पुल भत्किँदा कम्तीमा पाँच जना बेपत्ता भएको अधिकारीहरूले शनिबार बताएका छन् ।

    सिचुआन प्रान्तको स्थानीय सरकारले काङ्गडिङ र लुडिङबिचको राजमार्गमा दुईवटा सुरङ्ग जोड्ने पुल पहिरोका कारण भत्केको बताइएको छ ।

    बिहान ११  बजेसम्म छ जना सवार तीनवटा गाडीहरू सडकबाट खसेको अधिकारीहरूले पुष्टि गरेका थिए जसमध्ये एक व्यक्तिको उद्धार गरिएको छ र पाँच बेपत्ता छन्”, सरकारले एक सामाजिक सञ्जालमार्फत जनाएको छ ।

    “हाल उद्धारकर्ताहरु घटनास्थलमा खटिएका छन्”, विज्ञप्तिमा भनिएको छ। गत महिना उत्तरी साङ्सी प्रान्तको राजमार्गमा पुल खस्दा ज्यान गुमाउनेको संख्या १२ बाट बढेर ३८ पुगेको र २४ जना अझै बेपत्ता रहेको राज्य सञ्चार माध्यमले शुक्रबार जनाएको हो । 

    मे महिनामा, दक्षिणी चीनमा लगातारको वर्षापछि एउटा राजमार्गको पुल भत्किदा ४८  जनाको मृत्यु भएको थियो । 

  • सम्बन्धित विषय:

  • # चीन

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij