वेबटिभी खबर
धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त भएका छन । प्रदेश प्रमुख नजिर मियाँले आज शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन ।
आइतबार कांग्रेस संसदीय दलको बैठकले शाहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । त्यसलगत्तै एमालेको समर्थनमा शाहले प्रदेश प्रमुख मियाँसमक्ष मुख्यमन्त्रीमा दाबी गरेका थिए । कांग्रेसका १८ र एमालेका ११ सांसदको समर्थनमा शाह मुख्यमन्त्री नियुक्त भएका हुन ।
प्रदेश प्रमुख कार्यालयका प्रवक्ता दीर्घराज भट्टले संविधानको धारा १६८ को उपधारा २ अनुसार कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भएको जनाएका छन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij