वेबटिभी खबर
काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सामुदायिक वन विकास कार्यक्रममार्फत ३३ लाख घरधुरी लाभान्वित भएको बताएका छन ।
शुक्रबार सामूदायिक वन दिवसको अवसर बोल्दै उनले २३ हजार बढी सामुदायिक वन र उपभोक्ता समूहहरुले करिब ३६ लाख हेक्टर क्षेत्रफलमा राष्ट्रिय वनको संरक्षण, व्यवस्थापन र सदुपयोग गरिरहेको बताएका हुन ।
मन्त्री शाहीले भने, ‘वन व्यवस्थापन प्रणाली अवलम्बन गरी स्थानीय समूदायको सहभागितामा राष्ट्रिय वन संरक्षण एवम व्यवस्थापन गर्ने नेपाल सरकारको नीति अनुरुप चार दशक पहिले सुरु भएको सामुदायिक वन विकास कार्यक्रम नेपालको एक महत्वपूर्ण वन कार्यक्रम हो । यसबाट हालसम्म देशभरका २३ हजार बढि सामुदायिक वन र उपभोक्ता समुहहरुले करिब ३६ लाख हेक्टर क्षेत्रफलमा राष्ट्रिय वनको संरक्षण, व्यवस्थापन र सदुपयोग गरिरहेका छन् । करिव ३३ लाख घरधुरी लाभान्वित भएको कुरा जानकारीमा आएको छ ।’
साथै उनले नेपालले सामुदायिक वन व्यवस्थापन प्रणालीबाट प्राप्त गरेका उपलब्धिहरु विश्वमा नै उदाहरणीय रुपमा रहेको बताए । मन्त्री शाहीले वन व्यवस्थापन कार्यक्रमले हरियाली वृद्धि गर्न, वनको हस्तक्षेपमा सुधार ल्याउन, जैविक विविधता संरक्षण गर्न र जलाधार क्षेत्रको संरक्षण गर्न ठुलो सहयोग गरेको दाबी गरे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij