Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

सातै प्रदेशमा मानव अंग प्रत्यारोपण उप केन्द्र बनाइने मन्त्री पौडेलको घोषणा

सातै प्रदेशमा मानव अंग प्रत्यारोपण उप केन्द्र बनाइने मन्त्री पौडेलको घोषणा

  • 206
    SHARES
  • सातै प्रदेशमा मानव अंग प्रत्यारोपण उप केन्द्र बनाइने मन्त्री पौडेलको घोषणा

    काठमाडौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशमा मानव अंगप्रत्यारोपणका लागि उप केन्द्र खोलिने घोषणा गरेका छन ।

    विश्व अंगदान दिवसकाअवसरमा भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमाअंगदान गर्नेहरुलाई सम्मान गर्दै मन्त्री पौडेलले आफूले हालै सार्वजनिक गरेको कार्ययोजनामा पनि यो विषय समेटिएको बताए ।

    मन्त्री पौडेलले भने,‘मानव अंगदानकालागि सबै प्रदेशमा यसै केन्द्रको शाखाका रुपमा उप केन्द्र सञ्चालन हुने छन् । तत्काल कोशी प्रदेशबाट यो काम थालिनेछ । यस(केन्द्र)ले मात्र देशैभर सेवादिन सक्दैन त्यसैले भक्तपुरलाई केन्द्र बनाएर सातै प्रदेशमाअंगप्रत्यारोपण उप केन्द्र खोल्ने तयारी गरेका छौं ।’

    उनले कोशीमा छिट्टै उप केन्द्र खुल्ने जानकारी दिंदै अरु प्रदेशमा पनि चाँडै काम थालिने गरी तयारी अघिबढि रहेको जानकारी दिए । सीमित जनशक्ति,पूर्वाधार र श्रोतका कारण चाहे जस्तो सेवा दिन नसकिएको उल्लेख गर्दै मन्त्री पौडेलले हाल भएका जनशक्ति र श्रोतलाई अधिक सक्रिय बनाएर जनतलाई बढी लाभ दिने गरी काम गर्ने प्रतिबद्धतासमेत जनाए ।

    भक्तपुरस्थित केन्द्र साँघुरो भएकाले समस्या परेको गुनासो आएको भन्दै मन्त्री पौडेलले सूर्यविनायकमा स्थानान्तरणका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने बताए । ‘मैले यो कुरा स्टन्ट गर्न भनेको होइन, यो आवश्यकताहो । पूर्वाधार, जनशक्ति र उपकरणको पक्षबाटव्यवस्थितगर्छौं’ मन्त्री पाैडेलले भने ।

    मन्त्री पौडेलले अस्पताललाई उपकरण तथा जनशक्ति थप्ने विषयमा आवश्यक पहल गर्न प्रतिबद्ध रहेको पनि बताए । उनले मानव अंगदान जीवनदान भएको भन्दै यसलाई प्रोत्साहित गरिनु जरुरी रहेको उल्लेख गर्दै आफूले पनिअंगदान गर्ने घोषणा गरे । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij