Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

रास्वपालाई गगनको चुनौती- ठूलो दल बनेर सरकार चलाएर देखाउनु 

रास्वपालाई गगनको चुनौती- ठूलो दल बनेर सरकार चलाएर देखाउनु 

  • 147
    SHARES
  • रास्वपालाई गगनको चुनौती- ठूलो दल बनेर सरकार चलाएर देखाउनु 

    काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले राज्यको कोषको एक रुपैयाँ पनि तलमाथि हुन दिन नहुने बताएका छन् ।

    मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले बिजुली प्रयोग गर्नेको बक्यौता जसरी पनि उठाउनु पर्ने भन्दै यस विषयमा कसैलाई अन्याय नहुने हिसाबले काम गर्नुपर्ने बताए।

    महामन्त्री थापाले भने, ‘जसले बिजुली प्रयोग गरेको छ, प्रयोग गर्नेको बक्यौता नउठाउ भनेर कसैले भन्छ एक रुपैयाँ पनि छोड्न पाइदैँन् । सरकारका निकायलाई पनि निर्देशन अनुसार काम गर्नुपर्छ । विधिको शासनमा चल्नु पर्छ । सरकारले यहाँ आएर स्पष्ट पानुपर्छ । विजुली प्रयोग गरेको छैन् भने अन्याय हुन दिदैनौ र प्रयोग गरेको छ भने राज्यको कोषको एक रुपैयाँ पनि तलमाथि हुन दिन्न भनेर सरकारले विश्वास दिलाउनु पर्छ ।’

    साथै, उनले संघीयतालाई यो भन्दा थप प्रभावकारी बनाउनु पर्ने भन्दै हरेक तहमा दलित र महिलाको सहभागिता सुनिश्चित गर्नुपर्ने बताए । महामन्त्री थापाले भने,‘हामीले संसदसम्म ल्याउछौ तर मन्त्रिपरिषद् बनाउने बेलामा संविधानमा नलेखेको हुदा महिला छुटाई हाल्छौ । हामी जुनसुकै पार्टीको होस दलित छुट्टाइ हाल्छौ । यो भन्दा अगाडि पुष्पकमल दाहालले गर्जिएर यहाँबाट भन्नु भयो तर उहाँ कै मन्त्रिमण्डलमा हामीले दलित छुट्टायौं । हामी यति सम्म गर्छौ कि दुई वटा पार्टी मिलेर गठबन्धन गर्दै गर्दा राष्ट्रपति र उपराष्ट्रपति दुइजना नै पुरुष बनाउँछौँ । गाँउपालिकामा मौका मिल्ना साथ अध्यक्ष र उपाध्यक्ष पनि पुरुष बनाउँछौँ । प्रदेशका सरकार यसैगरी चलाउने हो ? हामी संघीयतालाई यो भन्दा थप प्रभावकारी बनाउने कि नबनाउने, संघीयता योभन्दा राम्रो बनाउने हो ।’

    उनले रास्वपाले ०८४ मा सबैभन्दा ठूलो दल बनेर कांग्रेस र एमालेलाई हटाउने दाबी गरेको भन्दै जित्यो भने कांग्रेस र एमालेलाई भुईतिर राखेर सरकार चलाउदा हुने जनाए ।

    उनले भने, ‘ठूला दलले ठूलो कुरा गर्ने भन्ने सुन्नमा आउछ, यो सानो दल, ठूलो दलको परिभाषा के हो, ०६४ सालमा माओवादी पनि ठूलो दल होईन् । अहिले रास्वपाको त दाबी छ ०८४ मा सबैभन्दा ठूलो दल हुन्छौ कांग्रेस र एमालेलाई बढार्छौ । ठूलो दल बनेर कांग्रेस र एमालेलाई भुईतिर राखेर सरकार चलाउने ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij