Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • 177
    SHARES
  • मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

    झापा । मोटरसाइकलको ठक्करबाट पैदलयात्री मृत्यु भएको छ । मंगलबार बाह्रदशी गाउँपालिका-२ जनता बजारस्थित सडकमा मे.४ प ५१५६ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही गाउँपालिका-१ नयाँ बस्ती बस्ने ४२ वर्षीय च्याङवा तामाङको मृत्यु भएको हो ।

    मोटरसाइकलले सोमबार राति ठक्कर दिँदा भएको दुर्घटनामा च्याङ्बा र मोटरसाइकलमा सवार कचनकवल गाउँपालिका-१ बस्ने १९ वर्षीय श्रवण राजवंशी घाइते भएका थिए ।

    विएण्डसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा च्याङ्बाको मृत्यु भएको हो भने अर्का घाइते श्रवण उपचार पश्चात डिस्चार्ज भएका छन् ।

    प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij