Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

१४ खर्ब ४५ अर्ब ३२ करोड बराबरको रेमिट्यान्स भित्रियो

१४ खर्ब ४५ अर्ब ३२ करोड बराबरको रेमिट्यान्स भित्रियो

  • 199
    SHARES
  • १४ खर्ब ४५ अर्ब ३२ करोड बराबरको रेमिट्यान्स भित्रियो

    काठमाडौं । एक बर्षमा नेपालमा १४ खर्ब ४५ अर्ब ३२ करोड बराबरको विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको विवरण अनुसार  गत आर्थिक वर्ष २०८०/८१ मा उक्त रकम भित्रिएको हो ।

    विवरणअनुसार विप्रेषण आप्रवाहमा १६ दशमलव पाँच प्रतिशतले वृद्धि पनि भएको छ । गत आवमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ) लिने नेपालीको संख्या ४ लाख ६० हजार १०३ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८१ हजार १९९ रहेको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख ९७ हजार ७०४ र २ लाख ७७ हजार २७२ रहेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij