Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

दुई कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

दुई कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

  • 156
    SHARES
  • दुई कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुई कर्मचारीविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    आयोगले उक्त नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहनसिंह धामी र कृषि नायब प्राविधिक सहायक अशोकसिंह धामीविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    कृषि समूहको बिल भुक्तानी गर्दा कसिमन वापत सेवाग्राहीसँग चार लाख १२ हजार बराबरको घुस र रु दुई लाख ५० हजार बराबरको दुई वटा चेक (पाँच लाख)सहित केही दिन पहिले आयोगको कञ्चनपुर कार्यालयबाट गएको टोलीले पक्राउ गरेको थियो ।

    आयोगले आज नौ लाख एक हजार बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # कर्मचारी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij