Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

काठमाडौं उपत्यकामा बढे संक्रमित, बिहीबार ५५३ जनामा संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा बढे संक्रमित, बिहीबार ५५३ जनामा संक्रमण पुष्टि

  • 535
    SHARES
  • काठमाडौं उपत्यकामा बढे संक्रमित, बिहीबार ५५३ जनामा संक्रमण पुष्टि

    काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा बिहीबार ५५३ जना कोरोना भाइरसका नयाँ संक्रमित पाइएका छन् । 
     
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा काठमाडौंमा ३३९ , ललितपुरमा १३४ र भक्तपुरमा ८० जनामा संक्रमण पुष्टि भएको जनाएको छ । 

    काठमाडाैं उपत्यकामा बुधबारकाे तुलनामा संक्रमितकाे संख्या बढेकाे हाे । बुधबार  उपत्यकामा ४२५ जना नयाँ संक्रमित भेटिएका थिए ।

    निषेधाज्ञा नरम भएकाे बेला उपत्यका भिडभाडसँगै संक्रमण पनि बढेकाे छ । एकैदिन एक सयभन्दा बढी संक्रमित थपिनु चिन्ताकाे विषय हाे ।

    आज देशभर २६ सय ७६ जना संक्रमित थपिएका छन् । त्यसैगरी १७ सय ५७ जना संक्रमणमुक्त भएका छन् भने ३३ जनाको संक्रमणका कारणले निधन भएको छ ।

    हालसम्म नेपालमा ७ लाख ९ हजार ४३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरि ६ लाख २६ हजार ४६८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ९ हजार ४६३ जनाको संक्रमणका कारणले निधन भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij