Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

परराष्ट्रमन्त्री र ओमानका विदेशमन्त्रीबीच शिष्टाचार भेटवार्ता 

परराष्ट्रमन्त्री र ओमानका विदेशमन्त्रीबीच शिष्टाचार भेटवार्ता 

  • 202
    SHARES
  • परराष्ट्रमन्त्री र ओमानका विदेशमन्त्रीबीच शिष्टाचार भेटवार्ता 

    काठमाडौं । परराष्ट्रमन्त्री डा।आरजु राणा देउवा र ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

    मंगलबार काठमाडौंको सोल्टी होटेलमा परराष्ट्रमन्त्री कै निमन्त्रणामा दुई दिनका लागि नेपाल भ्रमणमा आएका विदेशमन्त्री अल्बुसैदीले आरजु राणा देउवासँग भेटवार्ता गरेका हुन् ।

    भेटवार्तापछि सञ्चाकर्मीसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री देउवाले नेपाल–ओमानबीचको सम्बन्धको बारे छलफल भएको र  विदेशमन्त्री अल्बुसैदीले नेपालमा पर्यटनको क्षेत्रमा लगाानी गर्ने इच्छा व्यक्त गरेको जानकारी दिइन् ।

    परराष्ट्रमन्त्री देउवाले भनिन्, ‘श्रमिकसम्बन्धि,स्वास्थ्य सम्बन्धि, पर्यटन र दुई मन्त्रीबीच नेपाल–ओमान सम्बन्ध छलफल भएको छ । उहाँले नेपालमा लगानि गर्न इच्छुक भएको कुरा राख्नुभएको छ । खासगरी पर्यटनको क्षेत्रमा लगाानी गर्ने इच्छा व्यक्त गर्नुभएको छ ।’

    परराष्ट्र मन्त्रालयका अनुसार ओमानका विदेशमन्त्रीले भ्रमणका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टचार भेट गर्ने कार्यतालिका छ । उनि आजै स्वदेश फर्किने कार्यतालिका छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij