Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

अछाममा जीप दुर्घटना हुँदा आठ घाइते

अछाममा जीप दुर्घटना हुँदा आठ घाइते

  • 149
    SHARES
  • अछाममा जीप दुर्घटना हुँदा आठ घाइते

    अछाम । यहाँको साँफेबगर नगरपालिका-८ मटेनास्थित मध्य-पहाडी राजमार्गमा  जीप दुर्घटना हुँदा आठजना घाइते भएका छन् ।

    साँफेबगरबाट मङ्गलसैनतर्फ जाँदै गरेको सु.प.प्र. ०१००१ ज.१२३८ नं।को जीप अनियन्त्रित भई सडकको नालीमा पल्टिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।

    जीपमा नवदुर्गा गाउँपालिका-४ निवासी वर्ष ४२ का चालक लक्ष्मण साउदसहित ११ जना सवार थिए । त्यसमध्ये आठ घाइते भएका छन् ।

    घाइते हुनेमा चौरपाटी गाउँपालिका-१ का १९ वर्षीया कल्पना थापा, १९ वर्षीया देवकी थापा, १८ वर्षीया लक्ष्मी साउद, सोही पालिका वडा नम्बर २ बस्ने २९ वर्षीय लोकेन्द्रबहादुर साउद, १८ वर्षीया तुलसी साउद, १८ वर्षीय प्रेम साउद, १८ वर्षीया प्रति साउद, साँफेबगर नगरपालिका-४ बस्ने १७ वर्षीया पुजा सुनार घाइते भएका छन् ।

    घाइते सबैको बयालपाटा अस्पतालमा उपचार भइरहेको प्रनाउ भण्डारीले बताउनुभयो । चालकलाई नियन्त्रणमा लिएको अछाम प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # अछाम

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij