Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

नदी किनाराका जमिन खाली गराउने अदालतको निर्णय गलत : अध्यक्ष नेपाल

नदी किनाराका जमिन खाली गराउने अदालतको निर्णय गलत : अध्यक्ष नेपाल

  • 160
    SHARES
  • नदी किनाराका जमिन खाली गराउने अदालतको निर्णय गलत : अध्यक्ष नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले नदी किनाराका जमिन खाली गराउने अदालतको निर्णयले जनताको नीजि सम्पत्ती माथिको संवैधानिक अधिकार हनन गरेको निश्कर्ष निकालेको छ।

    पार्टी जनताको पक्षमा उभिने र यसको लागि सबै किसिममा संवाद गर्दै दवाबमूलक कार्यक्रम गर्न समेत पहल गर्ने जनाएको छ । पीडित जनतासँग तत्काल अन्तरक्रिया गर्न र पार्टीको  धारणा जनतासम्म पुर्‍याउन पार्टीका सम्बन्धित कमिटीहरुलाई निर्देशन समेत दिएको छ ।

    उपत्यकाका पार्टीका नेताहरुको आजको डेलिकेशनलाई सम्बोधन गर्दै अध्यक्ष माधव नेपालले यस्तो निर्देशन दिएका हुन् । पार्टीका काठमाडौं जिल्ला अध्यक्ष एलपी श्रेष्ठ, भक्तपुरका जिल्ला अध्यक्ष हरिकृष्ण थापा र भक्तपुरका अध्यक्ष  श्याम बस्नेतको  नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँगको छलफलपछि यस्तो निष्कर्ष निकालिएको हो ।

    कार्यक्रममा अध्यक्ष माधव नेपाल, उपाध्यक्षहरु राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, जगन्नाथ खतिवडा र महासचिव घनश्याम भुसालको उपस्थिति रहेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij