Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

प्रधानमन्त्री जस्तो झुटो बोल्ने मान्छे संसारमा छैनन् : सांसद शाही

प्रधानमन्त्री जस्तो झुटो बोल्ने मान्छे संसारमा छैनन् : सांसद शाही

  • 114
    SHARES
  • प्रधानमन्त्री जस्तो झुटो बोल्ने मान्छे संसारमा छैनन् : सांसद शाही

    काठमाडौं । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले देशको प्रधानमन्त्री जस्तो झुटो बोल्ने मान्छे संसारमै नभएको आरोप लगाएका छन् ।

    सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद शाहीले विश्वविद्यालयमा दीक्षान्तको लागि पूर्व र पश्चिमको विद्यार्थी सामेल रहेकै बेला समय छैन भनेर कार्यक्रम पर सार्नुस् भनेर झुट बोलेको आरोप लगाएका हुन् ।

    सांसद शाहीले  भने, ‘पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्मका ५६ जना विद्यार्थी दीक्षान्त समारोहका लागि जुम्ला गए । डा सन्दुक रूइत जानुभयो । हामी गयौं । लास्टमा म आउँदिन, दीक्षान्त समारोह पछाडि सारौं भन्नुभयो । नेपालमा कोही छैन यतिको झुटो बोल्ने मान्छे ।’
    उनले हुकुमी शासन भएको भन्दै त्यहाँ गरेको खर्च प्रमको व्यक्तिगत सम्पत्तिबाट असुल उपर गर्नुपर्ने बताए ।

    उनले भ्यूटावर भए दौडिएर जाने तर विश्वविद्यालयको हुँदा नगएको समेत आरोप लगाए ।सांसद शाहीले भने‚ ‘भ्यूटावर भए दौडिएर जानुहुन्थ्यो होला । विश्वविद्यालय भएर जानुहुन्न ।’ उनले कांग्रेस र एमालेको भातृ स‌ंगठनलाई सम्हाल्न समेत चुनौती दिए । उनले कांग्रेस–एमालेलाई विद्यार्थी संगठनको सट्टा गुन्डाहरूको संगठन राख्नुपर्ने बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij