वेबटिभी खबर
काठमाडौँ । राष्ट्रिय सभाका नवनिर्वाचित दुई समिति सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सोमबार सिंहदरबारमा आज आयोजित समारोहकाबीच राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले, दुई समिति सभापतिलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा माओवादीका मायाप्रसाद शर्मा निर्वाचित भएका छन् भने विधायन व्यवस्थापन समितिको सभापतिमा एमालेकी तुलसा दाहाल निर्वाचित भएकी छिन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij