Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

दक्षिण एसियाली मुलुक माल्दिभ्सका ५० प्रतिशतले लगाए कोरोनाको खोप

दक्षिण एसियाली मुलुक माल्दिभ्सका ५० प्रतिशतले लगाए कोरोनाको खोप

  • 1.0K
    SHARES
  • दक्षिण एसियाली मुलुक माल्दिभ्सका ५० प्रतिशतले लगाए कोरोनाको खोप

    माल्दिभ्स । पाँच लाखभन्दा थोरै बढी जनसंख्या भएको दक्षिण एसियाली मुलुक माल्दिभ्सका खोप लगाउन मिल्ने उमेर समुहका ५० प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएका छन् । 

    सरकारी स्वास्थ्य सेवा केन्द्रका प्रवक्ता डा. फथिमाथ नाज्ला राफेकले खोप लगाउन योग्य देशको कूल जनसंख्याको आधाले खोप लगाइसकेको जानकारी दिए । माल्दिभ्समा १८ वर्षभन्दा माथिकालाई खोप लगाउन मिल्ने उमेर समुहमा राखिएको छ ।

    माल्दिभ्समा गत फेब्रुअरी १ देखि नै कोरोना विरुद्धको खोप लगाउने अभियान सुरू गरिएको हो । अभियानअन्तर्गत माल्दिभ्सका नागरिक, त्यहाँ बसोबास गर्नेहरु र कागजपत्र नभएका कामदारलगायतलाई खोप लगाइएको हो । 

    माल्दिभ्सको खाद्य तथा औषधि कार्यालयले कोभिसिल्ड, सिनोफार्म, फाइजर, स्पुतनीक भी, मोडर्ना र जोन्सन एण्ड जोन्सन खोप लगाउन अनुमति दिएको छ । 

    स्वास्थ्य प्रवर्धन निकायले दिएको जानकारीअनुसार माल्दिभ्समा अहिलेसम्म तीन लाख २० हजार ५९ जनालाई पहिलो डोज खोप र दुई लाख ५१ हजार २३२ जनालाई दुवै डोज खोप लगाइ सकिएको छ।  

    विश्व बैंकले सन् २०१९ मा सार्वजनिक गरेको विवरणअनुसार माल्दिभ्सको कूल जनसंख्या पाँच लाख ३० हजार ९५३ रहेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij