वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसबाट पुष्पा भुसाल मन्त्री बन्ने पक्का भएको छ। संसदीय दलकी सचेतक रहेकी भुसाल प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा समुहबाट मन्त्री बन्ने पक्का भएको हो।
देउवाले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दा भुसाल मन्त्री बन्ने पक्का भएको उनी निटक एक नेताले जानकारी दिए। यस्तै देउवा समुहबाटै डा. नारायण खड्का समेत मन्त्री बन्ने सम्भावना धेरै छ। देउवाले खड्कालाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिन खोजेका छन्।
तर, परराष्ट्रमै सुजता कोइरालाले समेत आकांक्षा देखाएकी छन्। उनलाई वरिष्ठ नेता रामचन्द्र पौडेलले मन्त्री बनाउने, नबनाउने टुंगो छैन। गठबन्धनमा रहेका अन्य दललाई समेत पररराष्ट्र मन्त्रालय दिनुपर्ने हुन सक्छ। कांग्रेसले परराष्ट्र पाएको र कोइराला मन्त्री नबनेको खण्डमा खड्काको मन्त्री पद पक्का रहेको ती नेताले जानकारी दिए।
उपप्रधानसहित स्वास्थ्य मन्त्री बन्ने इच्छा महामन्त्री डा. शशांक कोइरालाले देखाएका छन्। उनले संस्थापन इतर समुहबाट सरकारमा नेतृत्व गर्ने इच्छा देखाएका छन्। यदी कोइराला मन्त्री नबनेको खण्डमा उनको समुहबाट डा. मिनेन्द्र रिजाल मन्त्री बन्ने पक्का छ। वरिष्ठ नेता पौडेलले दिलेन्द्र बडुलाई अघि सार्ने तयारी गरेका छन्। नेता कृष्णप्रसाद सिटौलाले भने उमाकान्त चौधरीलाई अघि सार्ने भएका छन्।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij