Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

कोशी प्रदेशद्वारा सुदूरपश्चिम प्रदेश पराजित

कोशी प्रदेशद्वारा सुदूरपश्चिम प्रदेश पराजित

  • 138
    SHARES
  • कोशी प्रदेशद्वारा सुदूरपश्चिम प्रदेश पराजित

    काठमाडौं । राजधानीमा जारी एन्फा महिला लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै कोशी प्रदेश प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ ।

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा कोशीले सुदूरपश्चिमलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

    जीतसँगै कोशी शीर्ष अन्तिम पाँचभित्र रहँदै दोस्रो चरणमा प्रवेश गरेको हो । कोशीले नौ खेलबाट १४ अंक जोड्यो । सुदूरपश्चिम भने अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

    यससँगै दोस्रो चरण पुग्ने पाँचै टोलीको टुंगो लागेको छ । कोशीसहित एपिएफ, पुलिस, आर्मी र वालिङ नगरपालिका प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेका छन् ।

    आज कोशीको जीतमा समीक्षा मगरले दुई गोल गरिन् भने ममता राउत र खुस्मा राईले समान एक एक गोल गरे । ममताले खेलको २४औँ मिनेटमै गोल गरिन् ।

    त्यस्तै कोशीकी अर्की खेलाडी समीक्षाले खेलको ५३ र ६५औँ मिनेटमा दुई गोल गरिन् । यस्तै खेलको ८५औँ मिनेटमा खुस्माले अर्को गोल गर्दै कोशीलाई ४-० को जीत दिलाइन् । 

  • सम्बन्धित विषय:

  • # पराजित

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij