काठमाडौं– नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले शेरबहादुर देउवा नेतृत्वमा ६ वटा मन्त्रालय लिने सहमति गरेको दावी गरेका छन्। शनिवार बिहान ट्वीट गर्दै बाँस्कोटाले माधव नेपालले देउवा सरकारमा ६ मन्त्रालय लिने सहमति गरेको दावी गरेका हुन्।
उनले कांग्रेसले ९, नेपालले ६, माओवादीले ५ र जसपाले ५ मन्त्रालय लिने सहमति गरिसकेको दावी गरेका छन्। उनले भनेका छन्, ‘ट्वीटर ह्याण्डीलको नौटंकीपुर्ण हल्ला सकियो होला कि नाई? तर परमादेश प्रमको गठबन्धन ह्यण्डील चै कांग्रेस ९, प्रमुख भाई कांग्रेस ६, कम्फरटेवल कम्युनिष्ट ५, जसपा बाह्र भाई ५ हुने सम्झौता भयो भन्ने छ। परमादेश सरकारको पुर्णता नभै एमाले बिवादको अन्तिम पटाक्षेप नहुने। बल देऊ भिमसेन । एकता!’
ट्वीटर ह्याण्डीलको नौटंकीपुर्ण हल्ला सकियो होला कि नाइं ? तर परमादेश प्रमको गठबन्धन ह्यण्डील चै कांग्रेस ९+प्रमुख भाई कांग्रेस ६+कम्फरटेवल कम्युनिष्ट ५+जसपा बाह्र भाई ५ हुने सम्झौता भयो भन्ने छ।परमादेश सरकारको पुर्णता नभै एमाले बिवादको अन्तिम पटाक्षेप नहुने।बल देऊ भिमसेन -एकता!!
— Gokul Prasad Baskota (@GokulPBaskota) July 17, 2021
सत्तासीन दल कांग्रेसका नेताहरु भने माधव नेपाल समुहलाई ६ मन्त्रालय राखिदिएको बताउँछन्। तर, नेपाल समुह सरकारमा सहभागि हुने सहमति भइसकेकोबारे चाहिँ थाहा नभएको एक नेताले बताए।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij