Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

जोखिममा परेका १६१ जनाको हेलिकप्टरबाट सकुशल उद्धार 

जोखिममा परेका १६१ जनाको हेलिकप्टरबाट सकुशल उद्धार 

  • 181
    SHARES
  • जोखिममा परेका १६१ जनाको हेलिकप्टरबाट सकुशल उद्धार 

    काठमाडौं । गृह मन्त्रालयले शनिबार र आइतबार बिहान (हालसम्म) नेपाली सेनाको हेलिकप्टरबाट बाढी, पहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेको १६१ जनाको सकुशल उद्धार गरेको छ ।

    गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले आइतबार बिहानदेखि काभ्रेपलाञ्चोकका विभिन्न पालिकाबाट अहिलेसम्म ८३ जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको जानकारी दिएका हुन् ।

    खराब मौसमका कारण शनिबार नै हेलिकप्टर त्यहाँ पठाइएपनि उद्दार गर्न असहज भएको थियो । काभ्रेपलाञ्चोकमा अहिले नेपाली सेनाका तीन वटा हेलिकप्टरले उद्धार  कार्य जारी राखेको छ । प्रवक्ता तिवारीले गृहमन्त्रालयको अनुरोधमा विपद्को जोखिममा रहेका नागरिकहरुको उद्दारमा सेनाले लगातार हवाइ उद्धार  गरिरहेको बताए ।

    त्यसैगरी शनिबार काठमाडौं उपत्यकामा १३, सिन्धुलीमा ३३ र मकवानपुरमा ३२ जनाको हवाइ उद्धार  गरिएको थियो । गृह मन्त्रालयका प्रवक्ता तिवारीले बाढी, पहिरोका कारण अवरुद्ध राजमार्ग खुलाउन सबै संयन्त्र परिचालन गरिएको बताए । गृह मन्त्रालयको तथ्यांक अनुसार बाढी, पहिरो र डुबानबाट १०७ जनाको मृत्यु, ६४ जना बेपत्ता र ७३ जना घाइते भएका छन् ।

    गृहमन्त्री रमेश लेखकले सुरक्षा संयन्त्र र सरोकारवाला निकायलाई उद्दार, राहत, घाइतेको स्वास्थ्य उपचार र अवरुद्ध सडक सुचारु गर्न तदारुकपताका साथ लाग्न निर्देशन दिइसकेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij