Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

प्रदेश २ का आन्तरिक मामिला मन्त्री यादवले दिए राजीनामा 

प्रदेश २ का आन्तरिक मामिला मन्त्री यादवले दिए राजीनामा 

  • 646
    SHARES
  • प्रदेश २ का आन्तरिक मामिला मन्त्री यादवले दिए राजीनामा 

    काठमाडौं । प्रदेश २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवले राजीनामा दिएका छन् । 

    प्रदेश सरकारमा माओवादी केन्द्र पनि सहभागी हुने भएपछि यादवले राजीनामा दिएका हुन् । शनिबार प्रदेश २ को मन्त्रिपरिषद् विस्तार हुने भएको छ । 

    प्रदेश २ सरकार साविक समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर गठन भएको थियो । पछि दुवै पार्टी एक भएर जनता समाजवादी पार्टीमा परिणत भएपछि त्यहाँकाे संयुक्त सरकार नै बहुमतसहित एकलौटी सरकारमा परिणत भयाे । 

    तर निवर्तमान प्रधानमन्त्री केपी ओलीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेपछि त्यसलाई समर्थन गर्ने र विरोध गर्ने भन्नेमा जसपाकाे केन्द्रमा विवाद देखियो ।

    सोही विवादका कारण जसपा अनौपचारिक रुपमा फुटिसकेको छ । डा. बाबुराम भट्टराई र उपेन्द्र यादव एकतर्फ एवं महन्थ ठाकुर र राजेन्द्र महतो अर्काेतर्फ भए ।

    ठाकुर र महतो पक्ष केपी ओलीलाई समर्थन गर्दै संघीय सरकारमा सहभागी भएपछि प्रदेश २ मा उनीहरु पक्षका मन्त्रीलाई निकालिएको हो । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत उपेन्द्र यादव पक्षका हुन् ।

    तत्कालिन प्रधानमन्त्री ओलीविरुद्ध बनेको विपक्षी गठवन्धमा जसपाको भट्टराई र यादवपक्ष थियो भने, सत्तारुढ पक्षमा ठाकुर र महतो थिए । 

    विपक्षी गठवन्धनले केन्द्रदेखि तलसम्म मिलेर जाने क्रममा प्रदेश २ सरकारमा हेरफेर भएको हो । यादवले राजीनामा दिएर रिक्त एक मन्त्री पदमा माओवादी केन्द्रका भरत साह र राज्यमन्त्रीमा रुबी कर्णलाई पठाउने निर्णय भइसकेको छ । 

    यसअघि नेपाली कांग्रेसबाट तीनजना प्रदेश २ सरकारमा मन्त्री भइसकेका छन् ।

    Gyanendra yadav Bidai.PNG

    प्रदेश २ मा आज माओवादी सरकारमा जाँदै, को–को बन्दैछन् मन्त्री?  प्रदेश २ मा आज माओवादी सरकारमा जाँदै, को–को बन्दैछन् मन्त्री? 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij