वेबटिभी खबर
काठमाडौं । गृहमन्त्री रमेश लेखकले कांग्रेस संसदीय दलको बैठकमा बाढीपहिरोबाट भएको मानवीय र भौतिक क्षतिको ब्रिफिङ गरेका छन् ।
मंगलबार बसेको बैठकमा गृहमन्त्री लेखकले उद्धार, राहत र घाइतेको उपचारबारे जानकारी गराए । मन्त्री लेखकका अनुसार सात सयभन्दा बढी अलपत्र परेका मानिसको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
अलपत्र परेकाको बसोबासका लागि सरकारले तत्काल अस्थायी आवास निर्माण गर्ने र आगामी दिनमा स्थानी आवास बनाउने व्यवस्था मिलाइएको उनले जानकारी दिए । क्षतिग्रस्त संरचनाको मर्मत गरि संचालनका लागि सरकारले काम अगाडि बढाएको गृहमन्त्री लेखकले बताए ।
लेखकले गृह मन्त्रालयको सहसचिवको नेतृत्वमा आठ वटा टोली बनाएर मंगलबारै क्षतिग्रस्त आठ जिल्लामा पठाइएको पनि जानकारी दिए । उनले मुल्यवृद्धि नियन्त्रणका लागि सरकार सचेत रहेको उल्लेख गर्दै नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीले सडक संचालनका लागि काम गरिरहेको स्पष्ट पारे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij