Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

गण्डकीमाथि कर्णालीको लगातार दोस्रो जित

गण्डकीमाथि कर्णालीको लगातार दोस्रो जित

  • 99
    SHARES
  • गण्डकीमाथि कर्णालीको लगातार दोस्रो जित

    काठमाडौं । एभरेस्ट महिला भलिबल लिग प्रतियोगितामा कर्णाली यश्विजले लगातार दोस्रो खेलमा जित हासिल गरेको छ ।

    मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भडहलमा भएको खेलमा कर्णालीले गण्डकी थन्डर्समाथि ३-२ को जित हात पार्न सफल भएको हो । पहिलो सेट गण्डकीले २५-१५ ले सहज रूपमा जितेको थियो ।

    दोस्रो सेटमा कर्णाली खेलमा फर्कियो। कर्णालीले दोस्रो सेट २५-२२ ले जित्यो। तेस्रो सेटमा पनि कर्णाली २५-१७ ले अघि रहेको थियो ।
    तर चौथो सेट भने गण्डकीले जित्यो । सो सेटमा गण्डकी २५-१९ ले रहदा खेल २-२ को बराबरीमा आयो ।


    निर्णायक पाँचौ सेटमा कर्णाली १५-११ ले अघि रहदै खेल जित्न सफल भयो । यसअघि कर्णालीले सोमबार भएको पहिलो खेलमा मधेश युनाइटेडमाथि ३-१ को जित निकालेको थियो ।

    गण्डकीको यो लगातार दोस्रो हार हो। पहिलो खेलमा गण्डकीले चितवन शक्तिले ३-१ ले पराजित गरेको थियो ।

    सहभागी सबै टोलीले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली उपाधिका लागि भिड्ने छन्। फाइनल खेल असोज १९ गते हुनेछ ।

  • सम्बन्धित विषय:

  • # गण्डकी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij