Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

श्रमिकको मुद्दा विश्वव्यापी साझा समस्याको रुपमा रहेको छ : अर्थमन्त्री पौडेल

श्रमिकको मुद्दा विश्वव्यापी साझा समस्याको रुपमा रहेको छ : अर्थमन्त्री पौडेल

  • 137
    SHARES
  • श्रमिकको मुद्दा विश्वव्यापी साझा समस्याको रुपमा रहेको छ : अर्थमन्त्री पौडेल

    काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले श्रमिकका मुद्दाहरु कुनै एउटा मुलुकको मात्र नभई विश्वव्यापी साझा समस्याको रुपमा रहेको बताएका छन् ।

    मंगलबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघको २६ औं क्षेत्रिय परिषद्को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले श्रमिकका मुद्दाहरु विश्वव्यापी साझा समस्याको रुपमा रहेको भन्दै यस्ता समस्या सामुहिक प्रयासबाट मात्रै समाधान गर्न सकिने बताएका हुन् ।

    अर्थमन्त्री पौडेलले भने, ‘श्रमिकका मुद्दाहरु कुनै एउटा मुलुकको मात्र नभएर विश्वव्यापी साझा समस्याको रुपमा रहेका छन् । सामुहिक प्रयासबाट मात्रै त्यस्ता समस्याहरु समाधान गर्न सकिन्छ भन्ने मलाई विश्वास छ ।’ उनले सरकारले सबैले काम गर्न पाउने अधिकार सुनिश्चित गर्दै श्रम शक्तिलाई देशको मुख्य सामाजिक आर्थिक शक्तिको रुपमा आत्मसाथ गरेको बताए ।

    श्रम शक्तिलाई दक्ष र व्यवसायीक बनाउने र स्वदेशमा नै रोजगारी सृजना अभिवृद्धि गर्ने नीति सरकारले लिएको पनि उनको भनाई छ । अर्थमन्त्री पौडेलले भने, ‘सरकारले सबैले काम गर्न पाउने अधिकार सुनिश्चित गर्दै श्रम शक्तिलाई देशको मुख्य सामाजिक आर्थिक शक्तिको रुपमा आत्मसाथ गरेको छ । श्रम शक्तिलाई दक्ष र व्यवसायीक बनाउने र स्वदेशमा नै रोजगारी सृजना अभिवृद्धि गर्ने नीति समेत सरकारको छ ।’

    उनले समय सापेक्षित श्रमिकको न्युनतम पारिश्रमिकमा रिमार्जन गर्दै समयअनुकुल समायोजन गर्ने नीति कार्यान्वयन गर्दै आएको जानकारी गराए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij