Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

पन्ध्रौँ महाधिवेशनमा पार्टी सभापति उठ्छु : शेखर कोइराला

पन्ध्रौँ महाधिवेशनमा पार्टी सभापति उठ्छु : शेखर कोइराला

  • 148
    SHARES
  • पन्ध्रौँ महाधिवेशनमा पार्टी सभापति उठ्छु : शेखर कोइराला

    काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पन्ध्रौं महाधिवेशनमा आफू सभापति पदमा उठ्ने कुरामा कन्फ्युजनमा नपर्न नेता एवं कार्यकर्तालाई आग्रह गरेका छन् ।

    ‘अब जित्नकै लागि सभापतिमा उठ्ने हो र पार्टीको गुमेको साख फर्काउने हो। त्यसको लागि तपाईंहरु आ-आफ्नो कार्यक्षेत्रमा खटिनुहोस्’ कोइरालाले भने ।

    कोइरालाले जतिसुकै कोशिस गरेपनि पार्टी संगठन सुदृढीकरण र कार्यकर्ताहरुलाई न्याय गर्ने कुरामा आफुले भनेजति काम गर्न नसकेको समेत बताए ।

    विराटनगरस्थित कोइराला निवासमा मधेस प्रदेशका नेताहरुसँग भेटघाट गर्ने क्रममा कोइरालाले नेतृत्वमा नपुगी केही गर्न नसकिने रहेछ भन्ने निष्कर्षमा आफू पुगेको बताए ।

    कोइरालाले २०८२ मंसिर भित्रै पन्ध्रौं महाअधिवेशन हुनुपर्ने बताए। समयमै महाधिवेशन हुन नसके सिंगो कांग्रेस पार्टी नै धारासायी बन्ने भन्दै सोही समयमै महाधिवेशन गर्ने कुरामा लाग्न उनले जिल्लाजिल्लाका नेताहरूलाई निर्देशन दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij