Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

सय दिनमा उल्लेखनीय काम गर्न नसकिने रहेछ : मन्त्री सिंह

सय दिनमा उल्लेखनीय काम गर्न नसकिने रहेछ : मन्त्री सिंह

  • 114
    SHARES
  • सय दिनमा उल्लेखनीय काम गर्न नसकिने रहेछ : मन्त्री सिंह

    काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सय दिनमा उल्लेखनीय काम गर्न नसकेको बताएका छन् ।  आइतबार सय दिनबारे पत्रकार सम्मेलन गर्दै मन्त्री  सिंहले राम्रो काम गरेर नतिजा देखाउनको लागि समय लाग्ने बताएका हुन् ।

    मन्त्री सिंहले भने, ‘मन्त्रीको  जिम्मेवारी दिइसकेपछि १०० दिनमा मन्त्रालयले खास गरी लक्ष्य अनुसार धेरै कामहरु गरिसकेको छ । तर आउना साथ जादुको छडी कसैसँग  छैन । सहर बनाउने कुरा सय दिनमा बन्दैन । जे जे समस्याहरु छन् ति चाँही सम्बोधन गर्नको  लागि समय लाग्ने गर्छ । तर पछिल्लो छोटो समयमा सम्पन्न गरिने कामहरु हामीले गरिसकेका छौं । तर कुनै उल्लेखनीय काम मैंले जादु नै गरे भन्ने अवस्था चाँही छैन ।’

    उनले शहरहरु व्यवस्थित गर्नको लागि नीति नियममा जोड दिनुपर्ने बताए । उनले शहरी विकास मन्त्रालयसँग सम्बन्धित रहेका विषयहरुमा सुझाव सल्लाह दिन पनि आग्रह गरे । उनले मिडियामा समाचारहरु नराम्रो कामको मात्र आउने तर राम्रो काम गरेको समाचार नआउँदा दुःख लाग्ने गरेको जनाए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij