Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

प्रतिष्ठानहरुको काममा एक रुपता हुन जरुरी छ : मन्त्री पाण्डे 

प्रतिष्ठानहरुको काममा एक रुपता हुन जरुरी छ : मन्त्री पाण्डे 

  • 172
    SHARES
  • प्रतिष्ठानहरुको काममा एक रुपता हुन जरुरी छ : मन्त्री पाण्डे 

    काठमाडौ । संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले प्रतिष्ठानहरुको काममा एक रुपता हुन जरुरी रहेको औल्याएका छन् । मंगलबार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको वार्षिक प्रतिवेदन बुझ्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् ।

    मन्त्री पाण्डे ले भने, ‘बाढीका कारण ललितकला प्रतिष्ठानले क्षति व्यहोर्नुपर्यो । जसका कारण वार्षिक प्रतिवेदन ढिलोगरी प्राप्त भएको हुनुपर्छ,’उनले भने,‘कतिपय प्रतिष्ठानहरु नाम मात्रैका छन् । कहीं कानुनको अभाव त कहीं भवनहरुको समेत अभाव देखिन्छ । प्रतिष्ठानहरुलाई एकरुपता हुनेगरी व्यवस्थित गर्न जरुरी छ ।’

    मन्त्री पाण्डेले कतिपय पालिका, प्रदेश र संघका प्रतिष्ठानहरुबीच तालमेल नभएको पनि बताए । उनले प्रतिष्ठानको कार्यमा एक रुपता ल्याउनका लागि केन्द्रका प्रतिष्ठानहरुले चिन्ता र चासो लिनुपर्नेमा जोड दिदैँ प्रतिष्ठानलाई सवल र सुदृढीकरणा गर्नका लागि मन्त्रालयले सदैव तत्पर भएको उदघोष गरे । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij