Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

किन कमजोर बन्यो जसपामा ठाकुर–महतो समुह ?

किन कमजोर बन्यो जसपामा ठाकुर–महतो समुह ?

  • 2.1K
    SHARES
  • किन कमजोर बन्यो जसपामा ठाकुर–महतो समुह ?

    काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना भएर शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेसँगै  जनता समाजवादी पार्टीमा महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष कमजोर बनेको छ । प्रतिनिधिसभा विघटनको समर्थन गर्दै केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएको जसपाको ठाकुर–महतो पक्ष सर्वाेच्च अदालतबाट संसद पुनर्स्थापना भएसँगै कमजोर बनेको हो ।

    सरकारमा जाँदा त्यो पक्षमा रहेको सांसद संख्या अहिले घटेको छ । जसपाको ३२ मध्ये २० सांसद देखाएर ठाकुर–महतो पक्ष सरकारमा गएको थियो । तर अहिले सरकारबाट बाहिरिनु परेपछि ठाकुर–महतो पक्षमा सांसद संख्या घट्दै गएकाे हाे । यसरी खेमा परिवर्तन गर्नेमा जसपाको महतो पक्षका सांसद बढी छन् । महताेसँग असन्तुष्टहरूकै अगुवाइमा खेमा छाडेर उपेन्द्र यादवको पक्षमा जाने सांसद बढेका हुन् । ओली सरकारमा उक्त समुहबाट मन्त्री बनेका बाहेक सबैजसो सांसद असन्तुष्ट देखिएका छन् ।

    मन्त्री मात्र नभएर त्यसबेला गठन गरिएको कार्यकारिणी सदस्यमा समेत शक्तिशाली सांसदलाई नसेमेटेपछि उनीहरु असन्तुष्ट बनेका हुन् । ‘हाम्रो त राजनीति नै सक्ने खेल भयो,’ उक्त समुह त्यागेका एक सांसदले भने, ‘मन्त्री त सीमिति कोटा पाएकाले सबैलाई बनाउन संभव थिएन, तर कार्यकारिणी सदस्यमा समेत आफ्नो नातागोता मात्र राखेपछि हामी झस्केका हौं । प्रत्यक्ष निर्वाचित सांसदलाई समेत पाखा लगाउने काम भयो ।’

    महतोले आफूनिकट सांसदको कुरासम्म नसुन्ने, आसेपासे बाहेकलाई वास्ता नगर्ने, हुकुमी शैली अपनाउने गरेकाले बाध्य भएर उपेन्द्र पक्षमा जानु परेको एक सांसदले बताए । अहिले उपेन्द्र पक्षमा गएका सांसदमध्ये प्रमोद साह महतोका निकट हुन् । सद्भावना पार्टी हुँदै महतोको पार्टीका सर्लाही जिल्ला अध्यक्ष रहेका साहसमेत अहिले उनीसँग टिक्न सकेनन् ।

    ‘राणाहरुको अहंकारी शासन बारे इतिहासमा पढिएको थियाे,’ एक सांसदले भने, ‘अहिले राजेन्द्र महतोको पारा त्योभन्दा कम छैन् । आसेपासे र नातेदारबाहेकको उनी कुरै सुन्दैनन ।’

    पार्टीमा खासगरी महतो कमजोर बनेका छन् । उनको शैलीले गर्दा पुरै समुह नै कमजोर बनेको ती सांसदले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij