Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

एमाले सांसदलाई झलनाथ खनालको अपिल- देउवालाई विश्वासको मत दिनूस् 

एमाले सांसदलाई झलनाथ खनालको अपिल- देउवालाई विश्वासको मत दिनूस् 

  • 703
    SHARES
  • एमाले सांसदलाई झलनाथ खनालको अपिल- देउवालाई विश्वासको मत दिनूस् 

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन एमाले सांसदसमक्ष अपिल गरेका छन् । 

    भारतको नयाँदिल्लीमा उपचार गराइरहेका खनालले आइतबार एक विज्ञप्ति जारी गर्दै एमाले सांसदलाई कुनै अलमल र आक्रोशको प्रभावमा नपरी देउवा सरकारलाई विश्वासको मत दिन अपिल गरेका हुन् ।

    पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले अदालतको फैसलाको सम्मान गर्नसमेत आफ्ना कार्यकर्तालाई निर्देशन दिएका छन् । खनालले अबको दुई वर्ष देउवा सरकारले काम गर्ने उल्लेख छन् । 

    एमालेले विश्वासको मत दिँदा आफ्नो मत पनि देउवाकै पक्षमा हुनेसमेत उनले बताएका छन् । 

     ‘मेरो मत पनि विश्वासको मत लिँदा देउवा सरकारकै पक्षमा रहनेछ,’ खनालको नाम र हस्ताक्षरसहित जारी विज्ञप्तिमा उल्लेख छ ।

    सर्वोच्च अदालतको परमादेशबाट मंगलबार प्रधानमन्त्रीमा नियुक्त देउवाले आइतबार अपराह्न ४ बजे प्रतिनिधिसभा विश्वासको मत लिँदै छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij