Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

एमाले नेता भीम रावलले दिए सांसद पदबाट राजीनामा

एमाले नेता भीम रावलले दिए सांसद पदबाट राजीनामा

  • 2.1K
    SHARES
  • एमाले नेता भीम रावलले  दिए सांसद पदबाट राजीनामा

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन् । वरिष्ठ नेता माधव नेपाल पक्षमा रहँदै आएका रावलले आइतबार प्रतिनिधिसभाको बैठक बस्न लाग्दा यस्तो घोषण गरेका हुन् ।

    २ जेठ ०७८ मा गठित एमाले वार्ता कार्यदलमा रावल वरिष्ठ नेता नेपाल पक्षबाट संयोजक थिए । कार्यदलले २७ असारमा एमाले एकताका लागि १० बुँदे सहमति तयार पारेको थियो ।

    २ महिनादेखि लगातार कार्यदलमा सक्रिय रावल उक्त प्रतिवेदनमा नेपालले असन्तुष्टि जनाएपछि नेपालसँग रुष्ट बनेका थिए ।

    कार्यदलले एमाले एकताका लागि १० बुँदा उल्लेख गरे पनि नेपालले भने आफूलाई पार्टीमा अध्यक्ष केपी शर्मा ओलीजत्तिकै हैसियत चाहिने र पार्टीका हरेक निर्णयमा आफ्नो पनि हस्ताक्षर चाहिने शर्त राखेपछि कार्यदलका संयोजक रावल रुष्ट बनेका हुन् ।

    अब रावल अध्यक्ष ओली पक्षमा जाने वा स्वतन्त्र रुपमा रहने भन्ने प्रतिक्रिया आइसकेको छैन ।

  • सम्बन्धित विषय:

  • # भीम रावल

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij