Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

नेपाली सेनाद्वारा जाजरकोट दुर्घटनाका घाइतेको उद्धार

नेपाली सेनाद्वारा जाजरकोट दुर्घटनाका घाइतेको उद्धार

  • 171
    SHARES
  • नेपाली सेनाद्वारा जाजरकोट दुर्घटनाका घाइतेको उद्धार

    काठमाडौं । नेपाली सेनाले जाजगरकोटमा आज भएको सडक दुर्घटनाका घाइतेलाई उद्धार गरी जिल्ला अस्पताल पुर्‍याएको छ ।

    जाजरकोटको भेरी नगरपालिका-१३ जिरो प्वाइन्टमा नेपालगञ्जतर्फ जाँदै गरेको फोर्स गाडी दुर्घटना भएको थियो ।

    दुर्घटनामा घाइते भएका १२ जनालाई सेनाले अन्य सुरक्षा निकाय तथा स्थानीयको सहयोगमा उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल जाजरकोट पठाउन सहयोग गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    साथै उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका आठ जनालाई नेपाली सेनाको हेलिकोप्टरद्वारा उद्धार गरी थप उपचारको लागि सुर्खेतस्थित प्रादेशिक अस्पतालमा ल्याउने कार्य भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # उद्धार

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij