Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

प्रतिनिधिसभा पुनर्स्थापना भएकोमा सभामुखले दिए सांसदहरुलाई बधाई

प्रतिनिधिसभा पुनर्स्थापना भएकोमा सभामुखले दिए सांसदहरुलाई बधाई

  • 674
    SHARES
  • प्रतिनिधिसभा पुनर्स्थापना भएकोमा सभामुखले दिए सांसदहरुलाई बधाई

    काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना भएकोमा आइतबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सबै सांसदलाई बधाई दिएका छन् ।

    सर्वोच्च अदालतको परमादेशबाट २८ असारमा प्रतिनिधिसभा पुनर्स्थापनासँगै एक साताभित्र प्रतिनिधिसभाको बैठक राख्न दिएको आदेशअनुसार आइतबार बसेको बैठकमा सभामुख सापकोटाले सबै सांसदलाई बधाई व्यक्त गरेका हुन् । 

    ‘सार्वभौमिक सत्ता र लोकतन्त्रको अभ्यास गर्ने सर्वोच्च जनप्रतिनिधि संस्था प्रतिनिधिसभा पुनर्स्थापित भएको यस गौरवपूर्ण अवसरमा सम्पूर्ण माननीय सदस्यलाई बधाई दिँदै हार्दिक स्वागत गर्न चाहन्छु,’ बैठकमा बोल्दै सभामुखले भने ।  

    सभामुख सापकोटाले प्रतिनिधिसभाको सार्वभौम अधिकार पुनर्स्थापित गर्न योगदान पुर्याउने सबैलाई धन्यवाद दिए ।प्रतिनिधिसभा पुनर्स्थापनाको ऐतिहासिक फैसला गरेको भन्दै सभामुख सापकोटाले सर्वोच्च अदालतप्रति आभार व्यक्त गरे । 

    ‘संविधानको मर्म र भावना एवं लोकतन्त्रको सार्वभौम मान्यताअनुसार प्रतिनिधिसभालाई पुनर्स्थापना गर्ने ऐतिहासिक फैसलाका लागि सम्मानित सर्वोच्च अदालतप्रति आभार प्रकट गर्न चाहन्छु,’ उनको भनाइ छ । 

    प्रतिनिधिसभाको कार्यकाल र प्रभावकारिताका लागि संविधानमा परम्परागत अभ्यासभन्दा केही विशिष्ट र मौलिक विशेषता समावेश गरिएको भन्दै उनले प्रधानमन्त्रीले चाहँदैमा प्रतिनिधिसभा विघटन नहुनेतर्फ संकेत गरे ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij