Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

सरकार निरंकुशतातिर जाने खतरा छ : शेखर कोइराला

सरकार निरंकुशतातिर जाने खतरा छ : शेखर कोइराला

  • 122
    SHARES
  • सरकार निरंकुशतातिर जाने खतरा छ : शेखर कोइराला

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले जनताले आफूलाई अलोकतन्त्रवादी हौँ भनेर प्रमाणित गर्न नसकेको अवस्थामा सरकार निरंकुशतातिर जाने बताएका छन् ।

    बिहीबार मिडिया लयर्स एसोसिएसनले आयोजना गरेको ‘अभिव्यक्ति स्वतन्त्रताको कसीमा सामाजिक सञ्जाल विधेयक २०८१’ माथिको छलफलमा सहभागि हुँदै नेता कोइरालाले नेपालका अधिकांश कानूनहरु पुनः लेखन गर्नुपर्ने पनि बताए । 

    नेपालमा प्रत्येक छ/छ महिनामा सरकार परिवर्तन हुने भएका कारण सत्ता पक्ष र प्रतिपक्षको कुनै तुक नरहेको बताए । उनले भने, ‘वास्तवमा हामीले छलफल गर्न लागेको एकदमै महत्वपूर्ण विधेयक हो भन्ने मलाई लागिरहेको छ ।

    यस विधेयकले आफूलाई हामी लोकतन्त्रवादी हौं भन्ने प्रमाणित गर्न सकिन्छ भनेर मार्ग प्रदर्शक गरेजस्तो छ । यदी जनताले आफूलाई लोकतन्त्रवादी हौं भनेर प्रमाणित गर्न नसकेको अवस्थामा सरकार निरंकुशता तिरै जान्छ, त्यसमा शंका गर्नु पर्दैन ।

    नेपालमा सत्तापक्ष र प्रतिपक्ष भनेर काम छैन जस्तो लाग्छ । किनभने प्रत्येक ६/६ महिनामा सरकार फेरिरहेको छ । विधेयकको कुरा गर्ने हो भने त पुनःलेखन नै गर्नुपर्छ जस्तो लाग्छ । कानूनको उपयोग गर्नेहरुसँग अध्ययन नगरी छिटो छिटो कानून निर्माण गर्ने तर त्यसो कार्यान्वयन नगर्ने समस्या छ ।’

    कानून निर्माणका क्रममा लामो समयको छलफल र अध्ययनबाट निर्माण गर्न सकिएको अवस्थामा कार्यान्वयनको पाटो बलियो हुनेमा उनको जोड थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij