वेबटिभी खबर
काठमाडौं । खानेपानी मन्त्री प्रदिप यादवले आफू आबद्ध मन्त्रालयलाई खानेपानी तथा सरसफाई मन्त्रालय बनाउने भनेर प्रक्रिया अगाडि बढेको बताएका छन् ।
मंगलबार खानेपानी तथा ढल व्यवस्थापन विभागको ५३ औं स्थापना दिवसको आवसरमा आयोजित कार्यक्रममा उनले मन्त्रीको जिम्मेवारी पाएको हुनाले मन्त्रालयलाई बलियो बनाउने भन्दै खानेपानी मन्त्रालयलाई खानेपानी तथा सरसफाई मन्त्रालय बनाउने बताएका हुन् ।
मन्त्रालय वा खानेपानीलाई नीजि कम्पनीहरुको ग्याङले चलाउने गरेको पनि बताए । मन्त्री यादवले भने, ‘यहाँ नीजि कम्पनीहरुको नै चल्ती छ । अरु कसैको छैन् । उनीहरुको ग्याङ छ, त्यसले पानी अन भने अन हुन्छ अफ भने अफ हुन्छ । अवस्था त्यस्तो छ । हामीलाई धेरै झन्झटिलो कानूनले गर्दा पनि समस्या भइरहेको छ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij