वेबटिभी खबर
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १३७ रनको लक्ष्य दिएको छ । शुक्रबार टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३६ रन बनायो ।
जनकपुरका कप्तान अनिल कुमार शाहले सर्वाधिक ४५ रन बनाएभने लाहिरु मिलान्था २४, आसिफ शेख १६, हर्ष थाकर १, जिमीजिशम १, मोहम्मद मोहसिन ३, शेर मल्ल ०, हेमन्तधामी ९ रनमा आउट भएका थिए । शुभ कंशाकार २२ रनमाअविजित रहे ।
अहिलेसम्म जनकपुरले लगातार तीन जित निकालेको छ भने लुम्बिनी लगातार तीन खेलमा पराजित भएको छ । बलिङमा लुम्बिनीका अभिषेक गौतम ३, कप्तान रोहित पौडेल र साद विनजफर २–२ र सन्दीप जोराले एक विकेट लिएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij