Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

निजी क्षेत्रहरुले अर्थतन्त्रलाई बढाउन धेरै सहयोग पुर्‍याएको छ : अध्ययक्ष ढकाल

निजी क्षेत्रहरुले अर्थतन्त्रलाई बढाउन धेरै सहयोग पुर्‍याएको छ : अध्ययक्ष ढकाल

  • 131
    SHARES
  • निजी क्षेत्रहरुले अर्थतन्त्रलाई बढाउन धेरै सहयोग पुर्‍याएको छ : अध्ययक्ष ढकाल

    काठमाडौं । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालले आफ्नो ४८ औँ वार्षिकोत्सव मनाएको छ । आइतबार एक विशेष समारोहकाबीच नाडा अटोमोवाईल्सले आफ्नो ४८ औँ वार्षिकोत्सव मनाएको हो ।

    ४८ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नाडाले देशको राजश्वमा सहयोग पुर्याएको बताएका छन् । उनले देशको अर्थिक अवस्था राजश्व संकलनमा ठूलो योगदान पुर्याएको बताएका हुन् ।

    अध्ययक्ष ढकालले भने, ‘नाडाले देशको चाँही खास गरेर यो राजश्वको कन्ट्रिभ्युसनमा धेरै ठूलो योगदान पुर्‍याएको छ । २० देखी २१ प्रतिशत राजश्वको कन्ट्रिभ्युसनको काम नाडाले गरिहेको छ । साथै बैंक, रोजगारीदेखी लिएर राजश्व कन्ट्रिभ्युसनमा नाडाले धेरै नै महत्वपूर्ण सहयोग पुर्‍याएको छ ।’

    साथै उनले निजी क्षेत्रहरुले अर्थतन्त्रलाई बढाउन धेरै सहयोग पुर्याएको बताए । उनले दुई ठूला पार्टीका नेताहरु मिलेर सरकार बनेपछि निजी क्षेत्रको लागि अलिकति नीति नियम आउनेमा विश्वास लिएको जनाए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij