Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

पीएल सिंहले प्रजातन्त्रको लागि ठूलो योगदान गरेका छन् : मन्त्री सिंह

पीएल सिंहले प्रजातन्त्रको लागि ठूलो योगदान गरेका छन् : मन्त्री सिंह

  • 107
    SHARES
  • पीएल सिंहले प्रजातन्त्रको लागि ठूलो योगदान गरेका छन् : मन्त्री सिंह

    काठमाडौं । उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले दिवंगत नेता पीएल सिंहले प्रजातन्त्रको लागि ठूलो योगदान गरेको बताएका छन् ।

    सोमबार काठमाडौं महानगरपालिकाका प्रथम मेयर पीएल सिंहको श्रद्धाञ्जली कार्यक्रममा बोल्दै उनले सिंह लोकप्रिय व्यक्ति मात्र नभइ सम्पूर्ण जीवन प्रजातन्त्रको लागि समर्पित गरेको बताए ।  

    मन्त्री सिंहले भने, ‘प्रजातन्त्रको लागि उहाँले ठूलो योगदान गर्नु भएको छ । उहाँलाई हामीले चिनेको पनि त्यसरी नै हो । उहाँले आफ्नो जीवन नै प्रजातन्त्रको लागि समर्पित गर्नुभयो ।’

    उनले सिंहबाट राज्य वा समाजलाई विधि अनुसार चलाउने कुरा सिक्नुपर्ने बताए । मन्त्री सिंहले भने, ‘उहाँबाट हामीले सिक्नुपर्ने कुरा भनेको सिस्टममा विश्वास गर्नु हो । उहाँले पद्धती र प्रक्रियामा जोड दिनुहुन्थ्यो । अहिलेको युवाले सिक्नुपर्ने कुरा भनेको उहाँले जस्तै सिस्टमलाई विधि अनुसार चलाउन सक्ने कुरा हो ।’  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij