Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

हेटौँडा उपमहानगरपालिका-२ सङ्गमचोकबाट अफिमसहित एक पक्राउ

हेटौँडा उपमहानगरपालिका-२ सङ्गमचोकबाट अफिमसहित एक पक्राउ

  • 498
    SHARES
  • हेटौँडा उपमहानगरपालिका-२ सङ्गमचोकबाट अफिमसहित एक पक्राउ

    हेटौँडा । हेटौँडा उपमहानगरपालिका-२ सङ्गमचोकबाट प्रहरीले अवैध लागुऔषध अफिमसहित एकजनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा बकैया गाउँपालिका-५ बस्ने ४४ वर्षीय रत्न भुलुन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर  रिमालले जानकारी दिए ।

    प्रहरी टोलीले पाँच किलो ७५० ग्राम लागुऔषध अफिमसहित पक्राउ गरेको हो । पक्राउ परेका भुलुनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  सांकेतिक तस्बिर । 

  • सम्बन्धित विषय:

  • # अफिम

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij