Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

कांग्रेस महाधिवेशन कार्यतालिका फेरी प्रभावित, वडा अधिवेशन १० दिन सार्ने तयारी 

कांग्रेस महाधिवेशन कार्यतालिका फेरी प्रभावित, वडा अधिवेशन १० दिन सार्ने तयारी 

  • श्रावण ५, २०७८ मंगलवार ०७:४५ बजे
  • 1.4K
    SHARES
  • कांग्रेस महाधिवेशन कार्यतालिका फेरी प्रभावित, वडा अधिवेशन १० दिन सार्ने तयारी 

    काठमाडौं– नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका फेरी प्रभावित बनेको छ। क्रियाशील सदस्यता छानविनको काम समयमै नसकिँदा र पार्टी सरकार गठनमा केन्द्रीत हुँदा महाधिवेशनको कार्यतालिका प्रभावित बनेको हो। 

    जसका कारण वडा अधिवेशन १० दिने सार्ने तयारीमा कांग्रेस जुटेको छ।  केन्द्रीय क्रियाशील छानबिन समितिको प्रतिवेदन केन्द्रीय समिति र सभापति शेरबहादुर देउवालाई पेश गर्न ढिलाइ भएको छ।

    यस्तै  बारा तथा सप्तरीलगायत केही जिल्लामा नयाँ क्रियाशील हालका लागि स्थगित गरिएपछि वडा अधिवेशन सार्ने तयारी भएको एक नेताले जानकारी दिए।  कार्यतालिकाअनुसार साउन १२ गते देशैभरका वडा अधिवेशन हुनुपर्ने हो।

    तर सोमबारसम्म क्रियाशील सदस्यताको अन्तिम सूची सार्वजनिक भइसकेको छैन। छानबिन समितिले केन्द्रीय समिति र सभापति देउवालाई क्रियाशीलको सूची बुझाएपछि अध्ययनपछि सभापति देउवाले केन्द्रीय निर्वाचन समितिलाई नामावली बुझाउँछन्।

    वडा अधिवेशनका मतदाता क्रियाशील सदस्य भएकोले पहिले क्रियाशीलको टुंगो लगाउनुपर्ने हुन्छ। कांग्रेसले भदौ १६ देखि १९ सम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ।

     

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij