Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

सहज ढंगले कवाड व्यवसाय सञ्चालनको माग

सहज ढंगले कवाड व्यवसाय सञ्चालनको माग

  • 126
    SHARES
  • सहज ढंगले कवाड व्यवसाय सञ्चालनको माग

    काठमाडौं । कवाड व्यवसायी समाजले निर्वाध रूपमा पेसा व्यवसाय सञ्चालनको वातावरण बनाउन  आग्रह गरेको छ । समाजका अध्यक्ष रामकेवल गुप्ताले आज विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरपालिकाले कवाड व्यवसायीमाथि गरिरहेको व्यवहार तत्काल सच्याउन माग गरेका हुन् ।

    महानगरले कवाड व्यवसायीलाई दुःख दिने, तोडफोड गर्ने, आज पनि अनामनगर, विशालनगर, बानेश्वर र सेतोपुल क्षेत्रका कवाडमा तोडफोड गरिएको समाजले आरोप लगाएको छ ।

    ‘कवाड व्यवसायीका सामान जफत गरेर अभद्र व्यवहार गरिएको छ । यस प्रकारको ज्यादती तत्काल रोकी सहज ढंगले पेसा व्यवसाय सञ्चालन गर्न दिन हुन सरोकारवाला सबैलाई अनुरोध गर्न चाहन्छौँ’, विज्ञप्तिमा भनिएको छ ।

  • सम्बन्धित विषय:

  • # माग

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij