वेबटिभी खबर
एजेन्सी । चाडपर्वको सिजन सुरु हुने बित्तिकै चीनको ताजा फूलको निर्यात बढेको छ । चिनियाँ फूलको माग देश एवम विदेशमा बढ्न थालेको हो ।
विदेश निर्यात बढेपछि दक्षिणपश्चिमी चीनको युनान प्रान्तमा रहेको एउटा फूल कम्पनीमा कामदारहरू अष्ट्रेलियाका लागि तय गरिएको सिम्बिडियम अर्किडको ब्याच प्याकिङमा व्यस्त छन् । स्थानीय व्यापारीहरु फुलको माग बढेकोमा खुशी छन् ।
भन्सार तथ्यांकले देखाउँछ कि युनानबाट ताजा फूलको निर्यात वर्षको पहिलो ११ महिनामा करिब ९२ मिलियन अमेरिकी डलर पुगेको छ, जुन गत वर्षको तुलनामा ३० प्रतिशतले बढी हाे ।विशेषगरी ओशिनिया, रुस र जापानबाट पनि माग बढिरहेको फूल व्यापारीले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij