Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

जनकपुरधामका व्यापारीहरु आन्दोलित, सडक अवरुद्ध

जनकपुरधामका व्यापारीहरु आन्दोलित, सडक अवरुद्ध

  • 143
    SHARES
  • जनकपुरधामका व्यापारीहरु आन्दोलित, सडक अवरुद्ध

    जनकपुर । जनकपुरधामका व्यापारीहरु आन्दोलित भएका छन् । उनीहरुले जनकपुरधामका मुख्य चोक जोड्ने सडकहरु अवरुद्ध समेत गरेका छन् ।

    बिहीबार सिद्धार्थ बैंक जनकपुरधामको मिल्स एरिया शाखा कार्यालयबाट एक जना व्यापारीले लिएको ऋणको रकम बुझाउन जाँदा धरौटीमा राखेको घर बैंकले बिना जानकारी लिलाम गरिदिएको थाहा पाएपछि हिजैदेखि जनकपुरधामका व्यापारीहरुले विरोध गर्दै आएका थिए । 

    बिहीबार नै सिद्धार्थ बैंकका मिल्स एरिया शाखाका म्यानेजर र लोन अधिकृतलाई जिल्ला प्रहरी कार्यालय, धनुषाले नियन्त्रणमा लिएको थियो । तर उनीहरुलाई बेलुका प्रहरीले छाडेको भन्दै जनकपुरधाम उद्योग वाणिज्य संघको नेतृत्वमा प्रदर्शन गरिएको हो ।

    जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले जिल्ला प्रहरी कार्यालयका एसपी, मालपोत कार्यालका कर्मचारी र बैंकका म्यानेजर लगायतको मिलेमत्तो र आर्थिक चलखेलमा व्यापारीको घर बिना जानकारी लिलाम गरेको आरोप लगाएका छन् ।

    अहिले जनकपुरधामस्थित सिद्धार्थ बैंकको तीनवटै शाखा कार्यालयहरु अगाडि व्यापक प्रहरीको सुरक्षा रहेको छ । सडकमा उत्रिएका व्यापारीहरु पनि सडक घेरेर विरोध प्रदर्शन गर्दैछन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij