Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

मन्त्रिपरिषद् विस्तार गर्न देउवा र प्रचण्डबीच सहमति, ओली सरकारका सबै नियुक्ति खारेज गरिने

मन्त्रिपरिषद् विस्तार गर्न देउवा र प्रचण्डबीच सहमति, ओली सरकारका सबै नियुक्ति खारेज गरिने

  • श्रावण ५, २०७८ मंगलवार १४:२२ बजे
  • 740
    SHARES
  • मन्त्रिपरिषद् विस्तार गर्न देउवा र प्रचण्डबीच सहमति, ओली सरकारका सबै नियुक्ति खारेज गरिने

    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच मन्त्रिपरिषद् विस्तारका लागि सहमति बनेको छ । सरकारका तत्कालीन र दीर्घकालीन योजना सार्वजनीक गरेर मात्रै मन्त्रिपरिषद् विस्तार गर्न देउवा प्रचण्डबीच भएको छलफल भएको हो ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान भएको भेटवार्तामा देउवा र प्रचण्डबीच सरकारका तत्कालीन र दीर्घकालीन योजना सार्वजनीक गरेर मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल भएको हो। ‘प्रधानमन्त्रीसँग सरकारका तत्कालीन र दीर्घकालीन कार्यक्रम बनाएर सार्वजनिक गरेर मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल भयो,’ प्रधानमन्त्री देउवाको सचिवालयका एक सदस्यले भने ।

    देउवा र प्रचण्डबीच भएको वार्तामा केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका सबै नियुक्तिहरु खारेज गर्ने निर्णय समेत गरेको ती सदस्यले जानकारी दिए । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट विभिन्न ११ मुलुकका लागि गरिएका राजदूतहरुको सिफारिस खारेज गरिसकेको छ ।

    प्रधानमन्त्री देउवासँगको भेट अघि प्रचण्डले नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालको निवास पुगेर नेपाल र त्यहीं छलफलमा आएका जनता समाजवादी पार्टी नेपाल ९जसपा० का अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका थिए। नेता नेपाल निवासमा भएको त्रिपक्षीय छलफलमा मन्त्रिपरिषद्मा भागबण्डा साथै सरकारले ल्याउने दीर्घकालीन योजनामा सत्तासाझेदार सबै दलको सहभागिता रहनुपर्ने विषयमा छलफल भएको छ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij