Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

आर्थिक समृद्धि हासिल गर्न नीजि क्षेत्रलाई काम गर्ने वातावरण चाहिन्छ : अध्यक्ष ढकाल

आर्थिक समृद्धि हासिल गर्न नीजि क्षेत्रलाई काम गर्ने वातावरण चाहिन्छ : अध्यक्ष ढकाल

  • 131
    SHARES
  • आर्थिक समृद्धि हासिल गर्न नीजि क्षेत्रलाई काम गर्ने वातावरण चाहिन्छ : अध्यक्ष ढकाल

    काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आर्थिक समृद्धि हासिल गर्नको लागिनीजि क्षेत्रले सक्रिय रुपमाकाम गर्ने वातावरण बनाउनुपर्ने बताएका छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको छैठौं श्रम संसद समारोहमाउनले नीजि क्षेत्रले सक्रिय रुपमाकाम गर्नको लागिसबै ठाँउबाट वातावरण मिलाउनसक्नुपर्ने बताए ।

    अध्यक्ष ढकालले भने, ‘आर्थिक समृद्धि हासिल गर्नको लागिनीजि क्षेत्रले सक्रिय रुपमाकाम गर्न सक्यो भने र त्यसको लागि सबै ठाँउबाट वातावरण मिलाउन सकियो भने मात्र सम्भव हुन्छ भन्ने नीजि क्षेत्रको धारणा छ ।’ यस्तै, उनले नेपालमा केही सम्भावना छैन् भन्ने नकारात्मक भाष्यचिर्नको लागि नेपाल डेभ्लब्मेन्ट पब्लिक लिमिटेड कम्पनीमार्फत व्यवसायीहरुलाई इक्यिूटी दिने काम सुरु गरेको बताए ।

    अध्यक्ष ढकालले भने, ‘नकारात्मक रुपमा नेपालमा केही सम्भावना छैन्,भन्ने जुनभाष्य तयार गरिएको छ त्यस्तो होइन । नेपालमा साच्चै सम्भावना छ, धेरै कामहरु गर्न सक्ने ठाँउहरु छ भन्ने हिसाबमा महासंघको पहलमा महासंघ अन्तरगतका व्यवसायी लगायत अन्य सबै व्यवसायीहरुलाई इक्यिूटी चाहिएको छ भने त्याे कम्पनीमार्फत इक्यिूटी दिने हिसाबले नेपाल डेभ्लब्मेन्ट पब्लिक लिमिटेड कम्पनीभनेर अगाडि बढाएका छौ ।’

    देशमा उद्योग व्यवसायको लागि राम्रो वातावरण बन्ने हो भने मात्र राज्यले गरेको अपेक्षा पूरा हुन सक्ने बताए । अध्यक्ष ढकालले भने, ‘महासंघको तर्फबाट सहकार्य गरेर अगाडि बढ्ने विश्वास पनि दिलाउन चाहन्छु । देशमा उद्योग व्यवसायहरु भयो भने उद्योग व्यवसायको वातावरण बन्यो भने र आर्थिक गतिविधि बढ्यो भने ट्रेड युनियन, मजदुर साथीहरु,व्यवसायी र राज्यले गरेको अपेक्षा पूरा हुनसक्छ भन्ने हामी सबै बुझाई छ । आर्थिक गतिविधि बढाउने, रोजगारी सिर्जना गर्ने काम भयो भने देशमा आर्थिक समृद्धि आउन सक्छ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij