Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

लक्ष्य भन्दा १ लाख कम पर्यटक भित्रिए

लक्ष्य भन्दा १ लाख कम पर्यटक भित्रिए

  • 103
    SHARES
  • लक्ष्य भन्दा १ लाख कम पर्यटक भित्रिए

    काठमाडौं । नेपाल सरकारले २०२४ मा लक्ष्य अनुसार पर्यटक नेपाल भित्र्याउन नसकेको तथ्यांकले देखाएको छ । हालै मात्र अध्यागमन विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार ११ लाख ४७ हजार मात्र पर्यटक नेपाल आएका छन् । सरकारले पछिल्लो समय १३ लाख १५ हजार विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेको थियो ।

    तर त्यो लक्ष्य अनुसार सरकारले ११ लाख ४७ हजार मात्र पर्यटक भित्र्याएको छ । जसमा १ लाख ९६ हजार ८ सय जना पर्यटक अपुग हुँदा सरकारको लक्ष्य पूरा नभएको हो । 
    आर्थिक वर्ष २०८१/८२ मा कम्तीमा पनि १६ लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएको थियो ।

    तर, सन् २०२४ मा आएका विदेशी पर्यटकको संख्या हेर्दाखेरि सो लक्ष्य पूरा हुन नसक्ने देखिएको छ । २०२४ को ११ महिनामा १० लाख ५५ हजार ५ सय ३३ जना विदेशी पर्यटक नेपालको भ्रमण गर्न आएका थिए । २०२४ को अन्तिम महिना अर्थात् डिसेम्बरको ३१ तरिखसम्ममा ९५ हजार चानचुन विदेशी पर्यटकले नेपाल भ्रमण गरिसकेका छन् भने २०२४ को नोभेम्बर महिनामा १ लाख १४ हजार ५ सय १ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

    जनवरी महिनामा ७९ हजार १ सय, फेब्रुअरीमा ९४ हजार ४ सय २६, मार्चमा १ लाख २८ हजार १ सय ६७, अप्रिलमा १ लाख ११ हजार ३ सय ७६, मेमा ९० हजार २ सय ११, जुनमा ७६ हजार ७ सय ३६, जुलाईमा ६४ हजार ५ सय ९९, अगस्टमा ७२ हजार ७ सय १९, सेप्टेम्बरमा ९६ हजार ३ सय ५ जना, अक्टोबरमा १ लाख २४ हजार ३ सय ९३, नोभेम्बरमा १ लाख १४ हजार ५ सय १ जना र डिसेम्बरमा लगभग ९५ हजार पर्यटक नेपाल आएका थिए । यसरी तथ्यांक हेर्दाखेरि २०२४ डिसेम्बर ३१ को बिहानसम्ममा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या ११ लाख ४७ हजार पुगेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij