Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

इलामका प्रहरी निरीक्षक उत्कृष्ट, सम्पादित काम एक महिनासम्म प्रदर्शनमा राखिने 

इलामका प्रहरी निरीक्षक उत्कृष्ट, सम्पादित काम एक महिनासम्म प्रदर्शनमा राखिने 

  • 733
    SHARES
  • इलामका प्रहरी निरीक्षक उत्कृष्ट, सम्पादित काम एक महिनासम्म प्रदर्शनमा राखिने 

    काठमाडौं । अपराध अनुसन्धानमा कार्यरत इलामका प्रहरी निरीक्षक किशोर तामाङलाई प्रदेश प्रहरी कार्यालय विराटनगरले असार महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय इलाममा कार्यरत तामाङले विभागीय मुल्य मान्यता र निर्देशन अनुसार कर्तव्यनिष्ठ भई जघन्य अपराधमा संलग्न फरार व्यक्तिहरुलाई अनुसन्धान गरी पक्राउ र कारबाहीको दायरामा ल्याउन महत्वपूर्ण भूमिका खेलेपछि प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट घोषित गरेको बताइएको छ ।

    उत्कृष्ट प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उनले गरेको उत्कृष्ट कार्यको विवरण प्रदेश प्रहरी कार्यालयले निर्माण गरेको स्तम्भ र प्रदेशअन्तर्गत रहेका इलाका प्रहरी कार्यालयहरुमा एक महिनासम्म राखिने जनाइएको छ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij