वेबटिभी खबर
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले देशमा प्राविधिक जनशक्तिको ठुलो अभाव देखिएको बताएका छन् । आइतबार पुल्चोक क्याम्पसमा प्रयोगशाला उद्घाटन समारोहमा बोल्दै उनले उर्जा क्षेत्रमा ठुलो धनराशी खर्च भइरहेको भएपनि जनशक्तिको ठुलो अभाव रहेको बताएका हुन् ।
मन्त्री खड्काले भने,‘उर्जा क्षेत्रमा ठुलो धनराशी खर्च भइरहेको छ । यस्तो खर्च भइरहँदा हाम्रो जनशक्ति कमजोर देखिएको छ । अस्ति मात्र म केही प्रोजेक्टहरु निरीक्षणमा जाँदै गर्दा टरमाइनहरु रिपेरिङ गर्ने बेलामा जनशक्तिको असाध्यै ठुलो अभाव देखियो । त्यसकारण हामीलाई चाहिने जनशक्ति उत्पादन गरेर यही सदुपयोग गर्न पाइयो भने अरुको भर पर्न पर्दैन । रोजगारी पनि सिर्जना हुन्छन् ।’
मन्त्री खड्काले पछिल्लो समय नयाँ नयाँ प्रविधीहरु आइरहँदा प्रविधिलाई सुरक्षित गर्न के गर्न सकिन्छ भनी अध्ययन अध्यापन अत्यन्तै जरुरी रहेको बताए । मन्त्री खड्काले भने,‘हरेक घरमा विद्युतीय सामग्री हुन्छन् । जोखिम खालका हुन्छन् । नयाँ नयाँ प्रविधीहरु आइरहेको छन् । त्यो प्रविधिको प्रयोग धेरै भन्दा धेरै गर्नुपर्नेछ । त्यसकारणले पनि यस्ता प्रविधिहरुलाई सुरक्षित गर्न के गर्न सकिन्छ भनी अध्ययन अध्यापन अत्यन्त गर्न जरुरी छ, थियो र भइरहेको छ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij