Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

एमाले केन्द्रीय कमिटीको १० औं बैठक जारी, १० बुँदे सहमति कार्यान्वयनमा जोड

एमाले केन्द्रीय कमिटीको १० औं बैठक जारी, १० बुँदे सहमति कार्यान्वयनमा जोड

  • 630
    SHARES
  • एमाले केन्द्रीय कमिटीको १० औं बैठक जारी, १० बुँदे सहमति कार्यान्वयनमा जोड

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले केन्द्रीय कमिटीको १० औं बैठक मंगलबार जारी छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठक सोमबार बसेकै बैठकको निरन्तरता हो । बैठकमा पार्टी एकताका लागि गठित (हाल विघटित) कार्यदलले तयार पारेको १० बुँदे सहमति केन्द्रीय सदस्यहरूलाई वितरण गरिएको छ । 

    कार्यदलका तर्फबाट स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले उक्त सहमति कार्यान्वयनमा इमान्दार हुन केन्द्रीय सदस्यहरुसमक्ष अपिल गरेका छन् ।एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीचको विवाद समाधानका लागि यही २ जेठमा दुर्व पक्षबाट ५, ५ सदस्य रहने गरी कार्यदल गठन भएको थियो । 

    २ महिनापछि कार्यदलले पार्टी विवाद मिलाउन २७ असारमा १० बुँदे सहमति निकालेपछि कार्यदल निष्क्रिय भइसकेको छ । मंगलबार जारी केन्द्रीय कमिटीको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता नेपालसहित २२ सांसदलाई कारबाहीको थप प्रक्रियाबारे पनि छलफल गर्ने बताइएको छ । 

    एमाले संस्थापनले ती सांसदहरूलाई अनुशासनको कारबाहीका लागि सोमबार (हिजो) बसेको बैठकले नै २४ घण्टे स्पष्टीकरण सोधिसकेको छ । तर २४ घण्टा बितिसक्दा पनि नेपालसहितका सांसदले स्पष्टीकरणको जवाफ बुझाएको छैन । उनीहरुले पार्टीलाई स्पष्टीकरण नदिने भन्दै आएका छन् । स्पष्टीकरण दिन पार्टीले दबाब दिए आफूहरुले पार्टीविरुद्ध मुद्दा हाल्ने चेतावनी दिएका छन् । 

    जारी बैठकमा प्रदेशमा एमाले ओली पक्षको अवस्था, ओली नेतृत्वको सरकारले गरेका कामको समीक्षा गर्दै आगामी दिनमा राजनीतिक र सांगठानिक काममा पार्टीको भूमिकाबारे पनि छलफल गर्ने बताइएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij