वेबटिभी खबर
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ग्लोबल कलेज अफ म्यानेजमेन्टबीच सम्झौता भएको छ । नेपाल लाइफको कर्पोरेट कार्यालयमा एक कार्यक्रमबीच सोमबार आपसी हितका लागि अगाडि बढ्ने सम्झौता भएको कम्पनीले जनाएको छ ।
ग्लोबल कलेजका विद्यार्थीहरूका लागि नेपाल लाइफमा इन्टर्न गर्ने अवसर प्रदान हुने छ । साथै जीवन बीमा शिक्षामा नेपाल लाइफले ग्लोबल कलेजलाई सघाउने र बीमा सचेतना अभियानमा ग्लोबल कलेजको साथ सहयोग रहने सम्झौतामा उल्लेख छ ।
नेपाल लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईं र ग्लोबल कलेजका तर्फबाट प्रिन्सिपल डा.देवराज पनेरुले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
उक्त कार्यक्रममा नेपाल लाइफका मानव संशाधन प्रमुख बन्दना शर्मा तथा ग्लोबल कलेजका प्रोगाम कोअर्डिनेटर विराज घिमिरेको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij